Logo

३ दिने बेंगाल फेस्टिबल शुरु, खाना प्रदर्शन तथा नेपालमा लगानीको सम्भावनाबारे छलफल

३ दिने बेंगाल फेस्टिबल शुरु, खाना प्रदर्शन तथा नेपालमा लगानीको सम्भावनाबारे छलफल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अवको लक्ष्य भनेकै आर्थिक बृद्धि रहेको बताए । आइतबारदेखि शुरु भएको ‘बेङ्गाल फेस्टिबल’ को उद्दघाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

नेपालस्थित भारतीय राजदूतावास र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा बेङ्गाल फेस्टिबल आयोजना गरेको हो ।

संबिधान घोषणा भएपछि देशले राजनीतिक स्थायीत्व पाएको भन्दै आर्थिक विकासतर्फ ध्यान केन्द्रित भएको बताएका हुन् । साथै हालै गरिएको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बताएको समेत दाबी गरे । प्रधानमन्त्री देउवाले दुई देशका नीजि क्षेत्रबीचको सहकार्य आवश्यक भएको बताए ।

कार्यक्रममा महासंघ अध्यक्ष भवानी राणाले नेपाल र भारतबीच फरक किसिमको सम्बन्ध रहेको बताइन् । साथै उनले नेपालमा लगानी गर्न यो सही समय भएकोले भारतीय लगानी र प्रविधि भित्र्याउन आग्रह गरिन् । त्यस्तै उनले नेपालमा कृषि, खानी तथा पर्यटन क्षेत्रमा लगानीके सम्भावना उच्च रहेको बताइन् ।

पश्चिम बंगाल चेम्बर अफ कमर्सका अध्यक्ष डीके जेसवालले नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । नेपालमा पर्यटकीय सम्भावना भएकोले दुबै देशको फाइदा हुनेगरी लगानी गर्न आफुहरु तयार रहेको जानकारी दिए ।

त्यस्तै भारतीय दूतावासका चिफ डी अपेयर्स अजयकुमारले फेस्टिवलको बारेमा जानकारी दिएका थिए । बेङ्गाल फेस्टिबलमा बेङगाली खाना प्रदर्शनमा राखिने छ । त्यस्तै नेपाली र भारतीय निजी क्षेबीच लगानीका सम्भावना तथा सहकार्यलगायतबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्