Logo

नाडा अटो शोमा सिप्रदीको सिन्थेटिक आयल सार्वजनिक, इन्जिनको पाटपुर्जालाई सुरक्षित राख्ने

नाडा अटो शोमा सिप्रदीको सिन्थेटिक आयल सार्वजनिक, इन्जिनको पाटपुर्जालाई सुरक्षित राख्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । म्याक लुब्रिकेन्टको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो मा म्याक  फो टी रोयल सार्वजनिक गरेको छ । उक्त उत्पादनलाई भारत पेट्रोलियम कर्पोरेशन लिका कार्यकारी निर्देशक एमएम सोमाया र सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक कार्यक्रमबीच संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

यो उच्च पावर भएका ४ स्ट्रोक बाइकहरुलाई लक्षित गरि उत्पादन गरिएको सेमी सिन्थेटिक आयल हो । साथै कम्पनीले विशेषतः रोयल इनफिल्ड बाइक प्रयोगकर्ताहरुलाई सो उत्पादन प्रयोग गर्न आग्रह समेत गरेको छ ।

यसले उच्च पावर र टर्क प्रदान गर्ने भएकोले बाइक उच्च तापक्रममा पनि अत्यधिक गतिमा कुद्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
यसका साथै यसको छिटो पिकअपले रोमाञ्चक ड्राइभिङ अनुभव प्रदान गर्दछ । यसले अक्सिडेसन स्थिरतालाई बढाउँछ जसले गर्दा इन्जिन र आयलको आयु स्वतः बढ्छ र यसको इन्जिनको पाटपुर्जाहरुलाई समेत सुरक्षित राख्दछ ।

लुब्रिकेन्टको उत्पादनहरुलाई निरन्तर रुपमा विस्तार गरि म्याकलाई ग्राहकहरुको पहिलो रोजाईको रुपमा स्थापित गराउने क्रममा माक फो टी रोयललाई भारत पेट्रोलियम कर्पोरेशन लि. ले भारतमा उद्घाटन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL