Logo

बालाजू अटोवक्सले गर्यो प्रशिक्षण कार्यक्रम, प्राविधिकलाई शैद्धान्तिक तथा प्राविधिक ज्ञान

बालाजू अटोवक्सले गर्यो प्रशिक्षण कार्यक्रम, प्राविधिकलाई शैद्धान्तिक तथा प्राविधिक ज्ञान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजू अटो वक्र्स्ले आफ्नो डिलहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रम बालाजू अटो वक्र्स तालिम केन्द्र वीरगन्जमा भएको थियो । कार्यक्रमको मुख्य लक्ष्य उत्कृष्ट सर्भिस् तथा महिन्द्रा जेन्यून स्पेयर पार्टस् र लुब्रिकेन्टको सहि उपयोग सम्बन्धी सीप विकास गराई उनीहरुलाई सक्षम बनाउनु रहेको कम्पनीले बताएको छ ।

यस तालिम मार्फत् प्राविधिकले ग्राहकहरुको आवश्यकतालाई अझ बढी उचित ढंगले समाधान दिन सक्ने बताइएको छ ।

दुई दिने कार्यक्रममा प्रतिनिधिहरुलाई शैद्धान्तिक तथा व्यवहारि दुबै प्रकारको तालिम दिइएको थियो । तालिमको विशेष आकर्षण महिन्द्रा ट्राक्टर नोभो र युभो रहेको बताएको छ ।

कार्यक्रममा नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री मेनेजर तपस पटनायक तथा बालाजू अटो वक्र्सका सिनियर इन्जिनियर दीपक आचार्यबाट प्रशिक्षण दिइएको थियो । कम्पनी नेपालका लागि महिन्द्रा ट्रयाक्टरको आधिकारिक विक्रेता हो ।

प्रतिक्रिया दिनुहोस्
MBL