काठमाडौं । बुधबार नेप्से परिसुचक साढे १४ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार१५ सय ९८ दशमलब ३६ अंकमा झरेर बन्द भएको हो ।
बुधबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नै नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सबैभन्दा बढी १०६ दशमलब २६ अंकले ओरालो लागेकोे छ । त्यस्तै होटल २२ दशमलब ७३,जलविद्युत २१ दशमलब २९, बैंकिङ १६ दशमलब ७७, फाइनान्स ७ र विकास बैंक समुहको परिसुचक ३ दशमलब ७६ अंकले घटेकोे छ । यता उत्पादन र अन्य समुहको परिसुचक भने क्रमशः १२ दशमलब ३९ र २ अंकले उकालो लागेको छ ।
बुधबार छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा बढी ६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै दोश्रोमा बढी कारोबार हुनेमा गुराँस लाइफ इन्स्योरेन्स ४ करोड ८७ रुपैयाँ छ । बुधबार १ सय ५५ ओटा कम्पनी कारोबारमा आएका छन् । ती कम्पनीका १७ लाख ३० हजार कित्ता सेयरबाट ९७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको हो ।