काठमाडौं । टेलिभिजन ब्राण्ड तोसिबाले दशैं, तिहार तथा छठ पर्वलाई दृष्टिगत गरेर उपहार योजना सञ्चालनमा ल्याएको छ ।
तोसिबाले ‘यसपालीको दशैं र तिहार, तोसिबा टिभीमा चाँदीको उपहार’ योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकले तोसिबा ब्राण्डका कुनैपनि टिभीको खरिदमा चाँदीको सिक्का पुरस्कार पाउने छन् ।
चाँदीको उपहार अन्तर्गत ५५/४९ इन्च टिभीमा २० ग्राम , ४०/४३ इन्च को टिभीमा १५ ग्राम, ३२ इन्च को टिभीमा १० ग्राम र २४ इन्चको टिभीको खरिदमा ५ ग्राम चाँदीको सिक्का रहेको छ ।
तोसिबा ब्राण्डको नेपालको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इओएल प्राली रहेको छ ।