Logo

सुजुकीको पर्वोत्सव योजना, ६ लाखसम्म नगद छुट

सुजुकीको पर्वोत्सव योजना, ६ लाखसम्म नगद छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जापानी मोटर कम्पनि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजना अन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ ।

काठमाडौंमा मंगरबारवाट शुरु भएको नाडा अटो शो को अवसरमा कम्पनिले इग्निस र डिजायर गरी दुई नयाँ मोडलका कार सार्वजनिक गर्दै कम्पनिका सम्पूर्ण गाडीहरुमा ‘डवल मज्जा’ अफर उपलब्ध गराएको हो ।

नाडा अटो शो मार्फत कम्पनिले स्टल नम्वर एचवान वाट यो सेवा उपलब्ध गराइरहेको छ । यो योजना सुजुकीका देशभरका शो रुमहरुवाट समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

‘डवल मज्जा’ अफर अन्तर्गत उपभोक्ताले ६ लाख रुपैयाँसम्म नगद छुट, ५० हजार रुपैयाँ सम्म सटही वोनस, १ लाख रुपौयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ बर्षसम्मकालागि निशुल्क इन्स्योरेन्स सुविधा, रोड ट्याक्स र रजिष्टे«शन निशुल्क उपलब्ध गराउने रहेका छन् ।

यसवाहेक कम्पनिका २०१६ का सम्पूर्ण मोडलहरुमा बिशेष छुट समेत पाउने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL