Logo

ताम्राकारमा दशैं तिहारको योजना, मोबाइल खरिदमा छुटसहित उपहार

ताम्राकारमा दशैं तिहारको योजना, मोबाइल खरिदमा छुटसहित उपहार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ । भदौ २२ गते देखि शुरु हुने योजनामा ताम्राकार मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले बताए ।

सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइएको छ । एलजीको एल–७ खरिद गर्दा अर्को एउटा मोबाइल सित्तैमा पाइने अफरका साथमा हुवावेको ट्याब किन्दा एक मोबाइल फ्रिमा पाइने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।

ताम्राकार मोबाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँ सम्मका बिभिन्न ब्राण्डका मोबाइल सेट उपलब्ध छन् । मोबाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका अफर तथा उपहार पनि पाइने छन् ।

नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारी विभिन्न ब्राण्डका मोबाइल फोनको खरीदमा मोटरसाइकल, टिभी, स्मार्ट फोन तथा दैनिक रुपमा टिभी, मोबाइल र पावर बैंकलगायत क्यास ब्याक सहितका उपहारको समेत व्यवस्था भएको बताएको छ ।

ताम्राकार मोबाइल कम्प्लेक्समा प्रवेशसँगै लक्की ड्रमा समाबेश हुन पाइने र जसका लागि कुपन भर्नुपर्ने ब्यवस्थासमेत मिलाइने भएको छ ।

यस वर्ष पनि दशंैदेखि तिहारसम्म हरेक दिन लक्की ड्रमार्फत क्यास ब्याक र हरेक दिनको लक्की ड्रबाट मोबाइल, पावर बैंक लगायतका उपहार वितरण गरिने ताम्राकार मोबाइल कम्प्लेक्सले जनाएको छ ।

मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइलगायतसबै ब्राण्डका मोबाइल फोनको कारोबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL