Logo

यामाहाको दसैं योजना सार्वजनिक, बम्पर पुरस्कारमा स्कोडा ¥यापिड कार

यामाहाको दसैं योजना सार्वजनिक, बम्पर पुरस्कारमा स्कोडा ¥यापिड कार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै ७ हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत १ लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा ¥यापिड जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

दसैं र तिहारको रौनकलाई थप उल्लासमय बनाउने उद्देश्यसहित यो अफर ल्याएको यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपक रौनियारले बताए । ‘हामीलाई आशा छ स्योर सट डिस्काउन्ट, साप्ताहिक पुरस्कार र बम्पर पुरस्कारको योजनाले हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेछन्’ उनले भने ।

यो समय यामाहाका दुईपांग्रे सवारीसाधन किन्ने सबैभन्दा उत्तम समय भएको समेत उनले बताए । यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन् ।

यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा ¥यापिड जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL