Logo

सुन प्रतितोला २ सयले घट्यो, चाँदी स्थिर

सुन प्रतितोला २ सयले घट्यो, चाँदी स्थिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२३ माघ, काठमाडौं । स्थानीय बजारमा छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ५३ हजार ९ रुपैयाँमा कारोवार भएको सुन शुक्रबार ५३ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन पनि प्रतितोला २ सय रुपैयाँले नै घटेको छ । बिहीबार प्रतितोला ५३ हजार ६ सय ५० मा कारोवार भएको तेजावी सुन शुक्रबार ५३ हजार ४ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोला ७ सय ५० रुपैयाँमा करोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL