Logo

जापानको चेन रेष्टुराँ उरुतोरा नेपालमा, थप दुई शाखा विस्तार गर्दै

जापानको चेन रेष्टुराँ उरुतोरा नेपालमा, थप दुई शाखा विस्तार गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जापानको जेच रेष्टुराँ उरुतोरा नेपालमा भित्रिएको छ । जापानको विभिन्न १२ स्थानमा रहेको सो रेष्टुराँले नेपालमा १३ औं शाखा विस्तार गरेको हो । उरुतोराले ३ करोड रुपैयाँको लगानीमा उक्त शाखा विस्तार गरेको हो ।

रेष्टुराँमा जापानीज खानाका साथै नेपाली खाना पनि पाइने रेष्टुराँका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए । जापानमा रेष्टुराँ ब्यवसाय गर्दै आएका अध्यक्ष वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन नेपालमा लगानी गरेको बताए । रेष्टुराँमा जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिने उनले जानकारी दिए ।

विशेषगरी सो रेष्टुराँ नेपालमा घुम्न आउने जापानीजहरु, जापानी जस्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई लक्षित गरिएको प्रबन्ध निर्देशक केन्जी मिजुगुचीले बताए ।

आगामी दिनमा पोखरा र चितवनमा समेत उरुतोराको शाखा खोल्ने योजना बनाएको उरुतोरा नेपालका निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

सो रेष्टुराँले २५ जना कर्मचारीलाई रोजगारी दिएको छ । रेष्टुराँमा एकै पटकमा १ सय जनालाई सेवा दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL