Logo

नेप्से परिसुचक सामान्य बढ्दा कारोबार उकालो लाग्यो, हिमालयन पावरपार्टनरको कारोबार बढ्यो

नेप्से परिसुचक सामान्य बढ्दा कारोबार उकालो लाग्यो, हिमालयन पावरपार्टनरको कारोबार बढ्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार बजारमा नेप्से परिसुचक सामान्य बढेको छ । दिनभर सामान्य उत्तारचढाव भएको नेप्से परिसुचक अन्तमा साढे २ अंकले बढेको हो ।

बजारमा उत्पादनमुल र फाइनान्स समुह बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा कुनै पनि समुहको परिसुचक ११ अंकभन्दा बढीले उकालो लागेको छैन । जसमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ११ दशमलव ३६ अंकले बढेको छ भने बीमा समुहको परिसुचक ८ अंकले उकालो लागेको छ ।

बजारमा सबैभन्दा प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १ अंकले मात्र बढेको छ । यसैगरी, विकास बैंक ३ अंकले बढ्दा होटल ३ अंक र अतिरिक्त समुह ७ अंकले उकालो लागेको छ ।

मंगलबार बजारमा कारोबार रकम पनि बढेको छ । सोमबार ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ७२ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । जसमा १ सय ६१ कम्पनीको १७ लाख ८९ हजार कित्ता सेयर कारोबार भएको छ । मंगलबार हिमालयन पावर पार्टनरको सबैभन्दा ४ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL