Logo

साढे ११ अंकले ओरालो लाग्यो नेप्से, ७९ करोड ४६ लाखको कारोबार

साढे ११ अंकले ओरालो लाग्यो नेप्से, ७९ करोड ४६ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबार नेप्से परिसुचक ११ दशमलब ७८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय १७ दशमलब ९७ अंकमा झरेर बन्द भएको हो ।

आइतबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।
सो दिन होटल समुह बाहेक अन्य सबै समुहको परिसुचक ओरालो लागेका छन् ।

आइतबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ३९ दशमलब ७४ अंकले घटेको छ । त्यस्तै उत्पादन २५ दशमलब ७१, जलविद्युत १५ दशमलब ७१, विकास बैंक १४ दशमलब ५८ रर सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुह १२ दशमलब २ अंकले ओरालो लागेको छ ।

त्यसैगरी फाइनान्स र अन्य समुह क्रमशः ६ दशमलब ६६ र २ दशमलब ८९ अंकले घटेको छ । यता होटल समुहको परिसुचक भने ४ दशमलब २१ अंकले बढेको छ ।

आइतबार प्राइम लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १ सय ५९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ४६ लाख ७८ हजार कित्ता सेयरबाट ७९ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्