Logo

बाढीपीडितलाई सिटिजन्स बैंकको ११ लाख सहयोग, आर्थिक सहयोगका लागि खाता संचालन

बाढीपीडितलाई सिटिजन्स बैंकको ११ लाख सहयोग, आर्थिक सहयोगका लागि खाता संचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । देशको विभिन्न भुभागका आएको बाढीपहिरोमा परेको ब्यक्तिहरुको उद्धार तथा राहत सामग्री वितरणका लागि कोषमा रकम हस्तातरण गर्ने निर्णय गरेको हो ।

साथै प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि सिटिजन्स बैंकको ००१०००२५६२ऋब् खाता खोलेको छ । बैंकका कर्मचारीहरु ,सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायिक र्फम, एजेन्सी समेतलाई आफ्नो स्वेच्छाले उक्त खातामा रकम जम्मा गरि आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL