Logo

आइएमई लाइफको कारोबार शुरु, १ बर्षमा ६५ शाखा खोल्दै

आइएमई लाइफको कारोबार शुरु, १ बर्षमा ६५ शाखा खोल्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनीले कारोबार शुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले एक कार्यक्रमीच आइएमई लाइफको उद्घाटन गरेका हुन् ।

नयाँ लाइसेन्स पाउने १० जीवन बीमा कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्सले बिहीबारबाट कारोबार सुरु गरेको छ । कम्पनी १ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजी सहित सञ्चालनमा आएको हो ।

हाल नेपालको ८/९ प्रतिशतमात्र जनता मात्र बीमाको दायरामा रहेको हुनाले आईएमई लाईफले दायरा फराकिलो बनाउने कम्पनीका मुख्य प्रवद्र्धक तथा आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । साथै बीमा क्षेत्रमा जनशक्ति अभावको समस्या भएकाले दक्ष जनशक्ति तयार पार्न तालिम केन्द्र स्थापना गर्नुपर्ने बताए । साथै आईएमई शब्द रेमिट्यान्सको पर्यायबाची बने जस्तै आईएमई लाईफ पनि बीमाको पर्यायवाची बन्ने उनको भनाई थियो

कम्पनीले बीमा समितिले तोकेको २ अर्ब चुक्ता पूँजी र्पुयाउन अबको ६ देखि ८ महिनाभित्रमा ६० करोड रुपैयाँ बराबरको सेयर जारी दिएको छ । कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहने छ । कम्पनीले १ वर्षभित्र ६० देखि ६५ शाखा खोल्ने योजना बनाएको छ भने काठमाडौंमा मात्रै ७ वटा शाखा खोल्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिषंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल बीमक संघका कार्यवाहक अध्यक्ष दिपप्रकाश पाण्डेले कारोवार शुभारम्भको अवसरमा शुभकामना प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL