काठमाडौं । बिहीबार नेप्से परिसुचक २ दशमलव ९१ अंंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय २९ दशमलब ७५ अंकमा झरेर बन्द भएको हो ।
बिहीबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सबैभन्दा बढी ५९ अंकले ओरालो लागेको छ ।
त्यस्तै बीमा समुहको परिसुचक ३८ दशमलब १५,होटल ८, विकास बैंक ५,अन्य ४ दशमलब ३४ र फाइनान्स समुहको परिसुचक ० दशमलब ४८ अंकले घटेको छ । यता जलविद्युत र बैंकिङ समुहको परिसुचक भने क्रमश ३दशमलब ५३ र ० दशमलब ८२ अंकले उकालो लागेको छ ।
बिहीबार १ सय ६६ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ३२ लाख १५ हजार कित्ता सेयरबाट ७५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ ।