काठमाडौं । निर्जीबन बीमा कम्पनीले आर्थिक बर्ष २०७३/७४ मा २ अर्ब ६५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आबको वित्तीय विवरण सार्वजनिक गरेका कुल १४ वटा निर्जीवन बीमा कम्पनीले सो बराबरको नाफा कमाएका हुन् ।
सो अबधिमा बीमा कम्पनीहरुले बीमालेख बापत कुल ११ अर्ब ४० करोड ९८ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका थिए । जसबाट कुल नाफा भने ७ अर्ब ७७ करोड रुपैयाँ रहेको तथ्याङ्कले देखाएको छ ।
सो अबधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ३७ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । शिखरले गत आबमा बीमालेख बापत १ अर्ब ९५ करोड ६७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो । सो अबधिमा कम्पनीको प्रति सेयर आम्दानी (इपीएस) ४५ रुपैयाँ ५७ पैसा रहेको छ भने पीइ रेसियो ४२ रुपैयाँ २३ पैसा रहेको छ ।
यसैगरी दोस्रो बढी कमाउनेमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । गत आबमा सगरमाथाले ९७ करोड ७२ लाख रुपैयाँको प्रिमियम संकलन गर्दै २५ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ भने तेस्रो स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहन सफल भएको छ । सो अबधिमा सिद्धार्थले १ अर्बको कारोबार गर्दै २२ करोड रुपैयाँ आम्दानी गरेको छ ।
सो अबधिमा लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सगरमाथा, शिखर तथा सिद्धार्थ इन्स्योरन्सको प्रतिसेयर आम्दानी राम्रो रहेको छ । सो अबधिमा अन्य सबै इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँभन्दा माथी रहँदा नेको इन्स्योरेन्सको भने सोभन्दा तल नै रहेको छ ।
हालसम्म युनाईटेड इन्स्योरेन्स कम्पनीले भने आफ्नो वित्तीय विवरण सार्बजनिक गरेको छैन
विस्तृतमा तथ्याङ्क सहित