काठमाडौं । यामाहाको बहुप्रतिक्षित बाइक एफजी २५ सार्वजनिक भएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इण्टरप्राइजेजले बुधबार एक कार्यक्रम आयोजना गरि सो मोटरसाइकल सार्बजनिक गरेको हो ।
अत्याधुनिक फ्युल इञ्जेक्सन प्रविधि रहेको एफजी(२५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिण्डर भएको २ सय ४९ सीसीको शक्तिशाली इञ्जिन रहेको छ ।
‘स्ट्रिट फाइटर’ ले प्रतिलिटर ४३ किमी माइलेज दिने कम्पनीले जानकारी दिएको छ । एफजी२५ को बजार मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
एफजी २५ ले विशेषगरी २० देखि ३५ बर्षसम्मका चालकहरुलाई आकर्षित गर्ने कम्पनीको दाबी छ । मोटरसाइकल ब्यालेस्टिक ब्लु, वारियर ह्वाइट र नाइट ब्ल्याक गरि ३ रङमा उपलब्ध छ ।
यसमा जापानी बजारमा सफल स्पोर्टस बाइकमा प्रयोग हुने २४९ सीसीको इन्जिन जडान गरिएको छ । साथै नेपाली सडक सुहाउँदो ट्युनिङ गरिएको छ । ८००० आरपीएममा २०.९ पीएसको अधिकतम पावर रर ६००० आररपीएममा २० एनएम बराबरका अधिकतम टर्क उत्पन्न गर्ने एफजी२५ मा एएचओ प्रविधिको लिड हेडलाइट छ । जुन २५० सिसीको बाइकमा पहिलो भएको कम्पनीको दाबी छ ।
एमएडब्ल्यू इण्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालका अनुसार यसमा आकर्षक एलसीडी इन्ष्ट्र्युमेण्ट क्लष्टर, मडगार्ड र एमटी सिरिजका बाइकमा जस्तै स्पोक डिजाइन भएका व्हिल र रेसिङ स्टाइलको फुटप्याड राखिएको छ ।
त्यसैगरी, एमएडब्ल्यू इण्टरप्राइजेजका सहमहाप्रबन्धक दीपक रौनियारले नयाँ बाइक ‘पावर, कण्ट्रोल र ब्यालेन्स’को सम्मिश्रण रहेको बताए ।
यसैबीच, एमएडब्ल्यू इण्टरप्राइजेजले एफजी २५ को टेष्ट राइड गर्ने ग्राहकका लागि आकर्षक उपहार योजना समेत ल्याएको छ ।
सीमित अवधिका लागि सञ्चालन हुने यो योजना अनुसार यामाहाको नयाँ बाइकको टेष्ट राइड गर्नेले एप्पलको म्याकबूक जित्ने मौका पाउनेछन् ।
यामाहा भारतले सुरुमा यसको नाम ‘एफजी २५०’ राखेको थियो। पछि नामबाट ० हटाएर ‘एफजी २५ स्ट्रिटफाइटर’ राखेको हो ।
एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर भएको यसको नेकेड स्पोर्टस् मोटरसाइकलमा छुट्टिएको (स्प्लिट) सिट छ ।