Logo

सुजुकीको डिजायर आकर्षक अवतारमा सार्वजनिक गर्ने तयारी, सुरक्षित र आकर्षक बनावट

सुजुकीको डिजायर आकर्षक अवतारमा सार्वजनिक गर्ने तयारी, सुरक्षित र आकर्षक बनावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुजुकी कारको नेपालका लागिआधिकारिक विक्रेता सीजी मोटोकर्पले डिजायर मोडलको फेसलिफ्ट भर्जन सार्वजनिक गर्ने तयारी गरेको छ । विक्री संख्याका आधारमा अगाढी रहेको नयाँ डिजायरमा पहिले सुजुकीको बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको छ ।

नयाँ प्लेटफर्मले कारको वजनमा कमी ल्याउनुका साथै यसमा सवार यात्रीलाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ । नयाँ कारमा प्रयोग गरिएको बाह्य तथा भित्री डिजाइन पछिल्लो संस्करणका तुलनामा थप स्टाइलिस छ । कम्पनीले पछिल्लो संस्करणको तुलनामा नयाँ कार अधिक स्पेसियस हुनुका साथै बुट स्पेस पनि धेरै हुने बताएको छ ।

नयाँ कारमा किलेस एण्ट्रि, डीआरएल, रियर भेण्टसहितको अटोएसी, डायमण्ड कट अलोइज् तथा स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणालीलगायत अत्याधुनिक सुविधा तथा प्रविधि जडान गरिएको छ । यसमा प्रयोग गरिएको ईन्फोटेनमेण्ट प्रणालीमा दिइएको एण्ड्रोइड अटो सुविधा भारतमा निर्मित कारमै पहिलो भएको कम्पनीको दावी छ ।

साथै, यसमा ठूलो टच स्क्रिनको माध्यमबाट एप्पल कार प्ले सुविधा पनि उपलब्ध छ । कारमा यात्रुको सुविधार्थ ‘डुअल एयर ब्याग्स’ तथा कारका सबै भ्यारियण्टमा झैँ स्ट्याण्डर्ड सेफ्टी फिचरका रुपमा एबीएस पनि उपलब्ध छ । कम्पनीले यात्रु सुरक्षाका सवालमा कुनै सम्झौता नगरेको दाबी गरेको छ ।

नयाँ कारमा परिक्षणमा पूर्ण सफल के१२ ईञ्जिनको प्रयोग गरिएको छ । २२ किलोमिटर प्रति लिटर माइलेज दिने क्षमता सहितको यो ईञ्जिनपावर र माइलेजकालागिविशेष परिचित छ ।

प्रतिक्रिया दिनुहोस्
MBL