काठमाडौं । मंगलबार नेप्से परिसुचक १२ दशमलब ९७ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय २९ दशमलब १६ अंकमा झरेर बन्द भएको हो ।
मंगलबार कारोबारमा आएका होटल बाहेक अन्य समुह ओरालो लागेको हो ।
मंगलबार बीमा समुहको परिसुचक सबैभन्दा बढी ८८ दशमलब ७६ अंकले ओरालो लागेको छ ।
त्यस्तै उत्पादन २८ दशमलब ३४, जलविद्युत २४ दशमलब ४९, विकास बैंक १३ दशमलब ७४,बैंकिङ समुह १० दशमलब ८६, अन्य ५ दशमलब ७९ र फाइनान्स समुहको परिसुचक ३ दशमलब ९६ अंकले ओरालो लागेको छ । यता होटल समुहको परिसुचक भने ३ दशमलब २ अंकले बढेको छ ।
मंगलबार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी ४ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन १ सय ६० ओटा कम्पनी कारोबारमा आएको थियो । मंगलबार १६ लाख १५ हजार कित्ता सेयरबाट ७८ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।