Logo

सुजुकीले खोल्यो ट्याक्सी लक्षित विशेष सेवाकन्द्र, पार्टपुर्जामा १५ प्रतिशत छुट

सुजुकीले खोल्यो ट्याक्सी लक्षित विशेष सेवाकन्द्र, पार्टपुर्जामा १५ प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

सुजुकी मोटर्सले ट्याक्सी धनीलाई लक्षित गर्दै काठमाडौंको जोरपाटीमा विश्व स्तरिय सुजुकी सेवा केन्द्र संचालनमा ल्याएको छ । सुजुकी ट्याक्सीका धनीहरुलाई सहज रुपमा पूर्ण सर्भिस सुविधा उपलब्ध गराउने उद्देश्य कम्पनीले ट्याक्सीको लागि मात्र विशेष सेवाकेन्द्र संचालनमा ल्याएको हो ।

अत्याधुनिक प्रविधि सुसज्जित गाडीको सम्पुर्ण समस्या पत्ता लगाउने तथा मर्मत सेवाका लागि आवश्यक सुविधाहरु सेवा केन्द्रमा उपलब्ध रहेको छ । केन्द्रमा सेवा प्रदायकलाई आरामदायी अनुभव प्रदान गर्न आरामदाय वेटिगं लाउन्ज, रिफ्रेशमेन्ट सुविधा र प्रसस्त पार्किङ स्पेसको ब्यवस्था समेत रहेको छ ।

सेवा केन्द्रले विहान ७ देखि बेलुकी ७ बजेसम्म मर्मत सेवा उपलब्ध गराउने छ । साथै, ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशतसम्मको छुट समेत उपलब्ध गराएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सेवा केन्द्रको उद्घाटन एमएसआइएलका महाप्रबन्धक (सर्भिस) ए राघवन, एमएसआइएलकै कन्ट्रि म्यानेजर (सर्भिस) गुरकिरात सिं, सीजी होल्डिंस्का प्रबन्ध निर्देशक तथा अध्यक्ष अरुण चौधरी र सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीको उपस्थितीमा गरिएको थियो ।

कारदेखि ट्याक्सी सम्मको बिक्रीमा देशकै अग्रणी वितरक भएको आधारमा खरिदकर्तालाई उत्कृष्ट र छरितो सेवा उपलब्ध गराइ तिनको आम्दानीमा बृद्धि गराउन आफुहरुले सोही अनुरुपको सेवाकेन्द्र संचालनम ल्याएको अरुण चौधरीले बताए । ‘सेवाग्राही प्रति पूर्ण समर्पित सेवा उपलब्ध गराइ सञ्चालन खर्चमा कटौती ल्याउँदै आम्दानीका लागि थप समय उपलब्ध गराउन यो पहल गरिएको हो,’ चौधरीले भने । त्यसैगरी कारमाण्डू मोटर्सको सेवा केन्द्रका निर्देशक सुरज गिरीले ट्याक्सी धनीहरुलाई विश्वस्तरिय सेवा उपलब्ध गराउने प्रतिबद्धता स्वरुप नयाँ सर्भिस सेन्टर संचालनमा ल्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL