Logo

बाढी पहिरोको असर नेप्सेमा, परिसुचक दोहोरो अंकले घट्दा कारोबार ८० करोडमा खुम्चियो

बाढी पहिरोको असर नेप्सेमा, परिसुचक दोहोरो अंकले घट्दा कारोबार ८० करोडमा खुम्चियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेर वियरिस ट्रेण्ड समातेको नेप्से परिसुचक अन्तत ११ दशमलव ४० अंकले घट्न पुग्यो ।

केही दिनदेखिको अविलर बर्षाका कारण केही लगानीकर्ताहरु अन्योलमा परेका कारण बजारमा असर पर्न गएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘बाढी पहिरोका कारण तराई केन्द्रित लगानीकर्ताहरु समस्यामा परेका छन्,’ उनले भने, ‘जसको असर सेयर बजारमा पनि देखिएको छ ।’

आइतबार बजारमा फाइनान्स र उत्पादनमुलक समुह बाहेकका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय अंकभन्दा बढीले ओरालो लागेको छ भने होटल समुह ५४ अंकले घटेको छ ।

यसैगरी परिसुचकमा सबैभन्दा प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ९ अंकभन्दा बढीले ओरालो लागेको छ । बजारमा जलविद्युत समुहको परिसचक २२ अंकले ओरालो लाग्दा विकास बैंक समुह साढे १८ अंकले घट्न पुगेको छ भने अतिरिक्त समुहको परिसुचक पनि सामान्य ओरालो लागेको छ ।

आइबार नेप्से परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा कारोबार रकम घटेर ८० करोड रुपैयाँमा सिमित भएको छ । दिनभर १ सय ६० कम्पनीको १९ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

बजारमा सबैभन्दा बढी नेशनल हाइड्रो पावर कम्पनीको सेयर खरिदबिक्री भएको छ । नेशनल हाइड्रोको ६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्