Logo

सानिमा माईको १ : १ हकप्रद बिक्री खुला, यी हुन आवेदन दिने स्थान

सानिमा माईको १ : १ हकप्रद बिक्री खुला, यी हुन आवेदन दिने स्थान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सानिमा माई हाइड्रो पावरले आजबाट आफ्नो हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले आफ्ना सेयर धनीका लागि निष्कासन गरेको १ बराबर १ को अनुपातको हकप्रद सेयर बिक्री खुला गरेको हो ।

जसमा साउन ९ गतेसम्म कायम भएका सेयर धनीले आवेदन दिन सक्नेछन् । उक्त हकप्रदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सानिमाको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । उक्त हकप्रदका लागि सनराइज क्यापिटल कमलपोखरी, सानिमा बैंकका शाखा कार्यालयहरु उपत्यकाभित्र चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड, सूर्य्विनायक तथा उपत्यका बाहिर विराटनगर, विरगंज, विर्तामोड, बुटवल, दमक, धरान, लाहान, नारायणगढ, नेपालगंज र पोखराबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्