काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स आफ्नो हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले आफ्नो ५० प्रतिशत हकप्रद नियुक्तीका लागि लक्ष्मी क्यापिटल मार्केटसलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर जारी पश्चात हुन आउने चुक्ता पूँजी ५० प्रतिशत हकप्रद सेयर जारी गर्नै लागेको हो ।
उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद दाहाल र लक्ष्मी क्यापिटल मार्केटस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ।