Logo

८ अंकले घट्यो नेप्से, कसले किन्यो नागरिक लगानी कोषको साढे ६ करोडको सेयर ?

८ अंकले घट्यो नेप्से, कसले किन्यो नागरिक लगानी कोषको साढे ६ करोडको सेयर ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक ८ दशमलब १९ अंकले ओरालो लागेको छ । सो दिन  सेयर बजार १६ सय ५३ दशमलब ५३ अंकमा झरेर बन्द भएको हो ।
बिहीबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक ओरालो लागेकोले समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक १६ दशमलब ७५, विकास बैंक १२ दशमलब ३६, बैंकिङ ९ दशमलब ९१, होटल ४ दशमलब ४६, अन्य ३ दशमलब ३७ र जलविद्युत समुहको परिसुचक २ दशमलब ३७ अंकले ओरालो लागेको छ ।
यता उत्पादन र फाइनान्स समुहको परिसुचक भने क्रमशः १२ दशमलब ३४ र १ दशमलब ११ अंकले उकालो लागेको छ ।
बिहीबार नागरिक लगानी कोषको सबैभन्दा बढी ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर विक्री भएको छ । त्यस्तै दोश्रोमा स्ट्याण्डर्ड चार्टड बैंकको ४ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
बिहीबार १ सय ६१ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २० लाख कित्ता सेयरबाट ९२ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्