Logo

नेपालमा भित्रियो टाटाको टिगोर कार, बजार मूल्य २३ लाख ४५ हजार

नेपालमा भित्रियो टाटाको टिगोर कार, बजार मूल्य २३ लाख ४५ हजार


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा टाटा टिगोर गाडी भित्र्याएको छ । टाटाको नेपालको लागि आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ्गले आज एक कार्यक्रमबीच नेपाली बजारमा स्टाइल ब्याज टिगोर गाडी सार्वजनिक गरेको थियो ।

चुस्त, र अत्याधुनिक डिजाइनबाट निर्मित उक्त कार प्यासेन्सजर सेग्मेन्टमा नयाँ पोर्टफोलियो तयार गरि कम्पनीले जानकारी दिएको छ । रिभोटर्न १ दशमलव २ लिटर पेट्रोल भेरियन्ट रहेको सो गाडीको बजार मूल्य २३ लाख ४५ हजार रुपैयाँ तोकेको छ ।

भावी पुस्ताको मागहरुलाई ध्यानमा राखेर नयाँ एवं अत्याधुनिक विशेषताहरु सहित नयाँ र आकर्षक गाडी निर्माणमा विशेष जोड दिइएको टाटा मोटर्स्कका इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनल बताए । ‘सोही क्रममा हामीले कम्प्याक्ट सेडानमा उपलब्ध उत्पादनहरुभन्दा केही फरक गाडी निर्माण गर्यो,’ उनले भने, ‘ जसलाई स्टाइल ब्याज नाम दिइएको भने यसले नयाँ जमानाको केही भिन्न उत्पादन तयार गर्ने हाम्रो कम्पनीको परम्पराको समेत प्रतिनिधित्व गर्दछ ।’

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टिगोरको इन्डियामा भएको उत्साहजनक विक्रीवितरणको आंकडाले यो टाटा मोटर्स्को महत्वपूर्ण उत्पादन भएको कुरा पहिले नै सावित भइसकेको बताए । साथै, यसले नेपालमा पनि सफलता हात पार्नेमा आफु विश्वस्त रहेको दावी गरे । ह्याच र सेडानबाट बाहिर निस्केर टाटा टिगोरले आफैंमा एउटा नयाँ सेग्मेन्ट तयार गरेको र जसलाई स्टाइल ब्याज नामाकरण गरिएको समेत उनले जानकारी दिए ।

टिगोरको बाहिरी बनावट एक्स्प्रेसिभ, एक्साइटिङ, र एक्ट्राअडिनरी तरिकाबाट डिजाइन गरिएको कम्पनीको दावी छ । यो चुस्त एवं डाइनेमिक डिजाइनले युवापुस्ताको अनुभवहरुलाई राम्ररी तान्न सक्नेछ । यसैगरी भित्री सजावट पनि एकदमै उत्कृष्ट रहेको गाडी धनीलाई नौलो अनुभव दिने कम्पनीको विश्वास छ ।

कारको आकर्षक डिजाइनलाई सर्वोत्कृष्ट प्रदर्शन र ड्राइभिङ्ग डाइनामिक्सका साथ प्रस्तुत गरिएको छ । यो कार वर्गकै उत्कृष्ट ड्राइभिङ्ग डाइनामिक्सका साथै रिभोटर्न १ शदमलव २ लि.पेट्रोल इन्जिन र पेट्रोल भेरियन्ट र मल्टी ड्राइभ मोड (इको र सिटी) मा उपलब्ध छ ।

मनोरञ्जनको दुनियाँमा कनेक्ट हुने नयाँ पुस्ताका ग्राकहरुको चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्स्ले विश्वचर्चित गोल्डेन इएर्स सहित हार्मन प्रविधिको अत्याधुनिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरेको छ ।

ह्भ्, ह्त्, ह्श् र ह्श् ९ण्०भेरियन्टमा उपलब्ध टाटा टिगोर ६ वटा आकर्षक रङ्गहरु जस्तै कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड माउपलब्ध छ । उक्तकारमा टाटा मोटसर््ले ४ वर्ष वा ७५ हजार किलोमिटर वारेन्टी उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्