काठमाडौं । सामसङ मोबाइलले हालै आफ्ना दुई मोडलहरु ग्यालेक्सी एसएट र एसएट प्लस मोबाइलको खरिदमा नयाँ योजना प्रस्तुत गरेको छ । ‘अनबक्स एट बेनिफिट्स’ नामक सो योजना अन्तर्गत अगष्ट महिनामा यी मोबाइल खरिद गर्दा अतिरिक्त ८ प्रमुख सुबिधाहरु पउनेछन् ।
एसएट प्लस मिडनाईट ब्ल्याक, म्यापल गोल्ड र कोरल ब्लु का अतिरिक्त अर्किड ग्रे तथा एसएट मिडनाईट ब्ल्याक र म्यापल गोल्डका अतिरिक्त कोरल ब्लु रङमा पनि उपलब्ध रहेका छन् ।
क्यास ब्याक योजना अन्तर्गत दुबै मोडलहरुको खरिदमा रु ७ हजार छुट गरिएको छ । छुट पश्चात एएटको मूल्य रु ८१ हजार ९ सय रुपैयाँ तथा एसएएटको मूल्य रु ९१ हजार ९ सय रुपैयाँ हुने छ ।
त्यसैगरी शिखर इन्सुरेन्ससँगको सहकार्यमा ६ महिनासम्मको ब्रेकेज इन्सुरेन्स सुविधा उपलब्ध रहेको छ । फिजिकल ड्यामेज तथा ब्रेकेजलाई इन्सुरेन्सले कभर गर्नेछ । सक्कल बिल सहित आवश्यक कागजात (६महिना भित्रको बिल), फोटो सहितको आइडि कार्डको साथ सामसङ सर्भिस सेन्टरमा गई दाबी गर्नु पर्ने छ ।
यी मोबाइलको खरिदमा एनसेलका ग्राहकले ८ जिबि डाटा ८ महिनाका लागि प्रदान गर्नेछ । एसएटका ग्राहकले ५० प्रतिशत छुटमा रु ५ हजार ८ सयको वायरलेस चार्जर प्राप्त गर्नेछन् ।
सो चार्जर खरिदका लागि नजिकैको सामसङ ब्राण्ड स्टोरमा मान्य मिति सहितको खरिद बिल पेस गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ । यो योजना स्टक रहुन्जेलसम्म वा अगस्ट महिनाको अन्तिम (जुन अगाडि सकिन्छ) त्यही सम्म लागू हुने छ ।
त्यस्तै सामसुङले आफ्नो एसएमएस एण्ड वीन क्याम्पेनलाई निरन्तरता दिंदै एसएट र एसएट प्लसमा पनि समावेश गरेको छ । ग्राहकले तत्काल रिचार्जरु १००० वा रु १०० वा एसएट तथा एसएट प्लसको खरिदमा १ सय प्रतिशत वा ५० प्रतिशत छुट पाउन सक्नेछ ।