Logo

रेनोको एक्सपेरियन्स कार्निभल, पुरानो कारसँग नयाँ साट्न सकिने

रेनोको एक्सपेरियन्स कार्निभल, पुरानो कारसँग नयाँ साट्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रालिले  काठमाडौंमा रेनो एक्सपेरियन्स शुरु गरेको छ । कम्पनीले रेनो कार प्रेमीहरुका लागि साउन १७ गतेदेखि २२ गतेसम्म ‘‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’’ भन्ने ट्यागलाईनका  साथ कार्निभल शुरु गरेको हो ।
अटोमोबाइल ग्राहकहरुलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्दछन् ।
रेनोको क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्स, तुरुन्त मुल्यांकन र एक्सचेन्ज, आकर्षक क्यास डिस्काउन्टका साथै ५ वर्षसम्मको बिस्तारीत वारेन्टी जस्ता आकर्षक अफरहरु पनि उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ । यो अभियान साउन १९ गतेदेखि २१ गतेसम्म बुटबल र बिर्तामोडमा आयोजना भइरहेकको छ ।
साथै  २२ गतेदेखि २४ गतेसम्म भैरहवा र बिराटनगर, २५ गतेदेखि २७ गतेसम्म दाङ र नारायणघाटमा तथा २८ गतेदेखि ३० गतेसम्म धनगढी र पोखरामा आयोजना हुनेछ ।
रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL