काठमाडौं । सुन्धाराको सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रालि स्थापना भएको छ । नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरि संचालनमा आएको हो ।
सो शोरुमको महानायक राजेश हमाल,सभासद ईच्छाराज तामाङ, टेलिकमकी प्रबन्ध निर्देश्क कामिनी राजभण्डारी, बैंकर्स एसोसिएशनका अध्यक्षअनिल केसरी शाहलगायतले उद्दघाटन गरे । कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित शुरु गरेको मोबाइल बिक्री तथा सर्भिस सेवाले नेपाली ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्ने बताएको छ ।
कम्पनीले मोबाइल सेल्सका लागि अनलाइन पनि संचालन गरेको छ । जसमा अनलाइनबाटै मोबाइल किन्न सकिनेछ । यसको लागि ईजी मोबाइल केयर डटकममा लगईन गरेर मोबाइल अनलाइन बाटै किन्न सकिन्छ ।कम्पनीले अधिकतम सुविधा दिनका लागि अनलाइन र अफलाइन दुबैमा रु. ५० हजार भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था गरेको जानकारी दिएको छ । जसमा ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।
त्यसैगरि रु. ५० हजार भन्दा अधिक मूल्य रहेको मोबाइल फोन किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था छ । यसमा पनि ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् । कुनैपनि ग्राहकले रु. ५० हजार भन्दा माथि मूल्य भएको स्मार्टफोन किन्दा एउटा स्मार्टफोन निशुल्क उपहार प्राप्त गर्नेछ । रु.५ हजार देखि रु. ५० हजार भन्दा कम मूल्य भएको फोन खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्राप्त गर्नेछ ।
यो सुविधा लिनको लागि ग्राहकहरुको तोकिएको बैंकमा खाता हुनुपर्नेछ भने सो बैंकबाट प्राप्त हुने क्रेडिट कार्डमार्फत कम्पनीबाट सिधै मोबाइल किन्न सकिने बताएको छ ।
कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने सुविधा छ । त्यस्तै टेलिकमसँगको सहकार्यमा हरेक मोबाइलको खरिदकर्तालाई विशेष डाटा प्याक दिने योजना गरेको कम्पनीले जानकारी दिएको छ । क्लासिक टेक प्रालिसँगको सहकार्यमा यहाँबाट जुनसुकैे मोबाइल किन्दा पनि क्लासिक टेकको इन्टरनेट सेवा ३ महिनाको प्याकेजमा १ महिनाको सेवा निशुल्क प्राप्त गर्नेछ ।
ईजी मोबाइल केयर प्रालिले सर्भिसतर्फ चक्रपथ भित्रका ग्राहकहरुले फोन बिग्रेको जानकारी दिएमा सोहि स्थानबाट पिकअप एण्ड ड्रप सुविधा निशुल्क प्रदान गर्नेछ । ग्राहकहरुले दिएको जानकारीको आधारमा सर्भिस सेन्टरमा भएको ग्राहकको मोबाइल फोन ३० मिनेट भित्र रिपेयर गर्ने सुविधा मिलाईएको छ । कम्पनीबाट कुनैपनि फोन रिपेयर गरेपछि सो फोनमा ३० दिनको रिपेयर वारेन्टी दिईनेछ र त्यस्तो फोन पुनः बिग्रेमा निशुल्क मर्मत गरिने छ ।
त्यस्तै कम्पनीको साइटमा कुनैपनि ग्राहकले आफ्नो फोनको बारेमा जानकारी राखेपछि फोनको निशुल्क भ्यालूएसन गर्ने सुविधा पनि शुरु गरेको छ । ईजी मोबाइल केयरबाट मोबाइल खरिदगर्ने ग्राहकले यहि सिटिसी मलमा रहेको सिने डे सेफमा सिनेमा हेर्न एउटा टिकट खरिदमा अर्को टिकट सित्तैमा प्राप्त गर्ने व्यवस्था मिलाएको छ ।
ईजी मोबाइल केयर प्रालिका अध्यक्ष संजित पौडेलले मोबाइल बजारमा अझैपनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।