Logo

नोकियाको ४ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा, मूल्य १५ देखि २५ हजारसम्म

नोकियाको ४ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा, मूल्य १५ देखि २५ हजारसम्म


बिजखबर संवाददाता
0
Shares

नोकिया फोन ब्रान्ड आफ्ना स्मार्टफोनहरु लिएर विश्वव्यापी रुपमा पुनः बजारमा भित्रिएको छ । नेपालमा विक्री तथा वितरण प्रवद्र्धनका लागि नोकियाले पारामाउन्ट इलेक्ट्रोनिक्स्लाई अनुबन्धित गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्स् पछिल्ला समयमा पनि नोकिया फोनहरुको डिस्ट्रिव्युटर रहेको थियो ।

पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्ट फोन र अविस्मरणीय नोकिया ३३१० उपलब्ध गराएको छ । यी मोडलहरुमा दुई वटा सिमका स्लटहरु रहेका छन् । साथै विश्वव्यापी रुपमा रुचाइएको विशुद्ध एनड्रोइड न्युगट अपरेटिङ्ग सिष्टम पनि रहेको छ, जसका कारण प्रयोगकर्ताले गुगलले जारी गरे लगत्तै तत्काल अपडेटहरुको लाभ पाउने कम्पनीले जानकारी दिएको छ ।

नोकिया ३ को बजार मूल्य रु. १५ हजार ६ सय, नोकिया ५ को मूल्य रु. २१ ह्जार   र नोकिया ६ को मूल्य रु.२५ हजार ६ सय निर्धारण गरिएको छ ।  नोकिया ३ मोवाइल ५.० इन्च एच्डी डिस्प्ले, क्वाडकोर १.३ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेज रहेको छ ।

यसमा ८ एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओ.एस ७.० र २६३० एम.ए.एच् ब्याट्री राखिएको छ । त्यस्तै नोकिया ५ मोवाइल ५.२ इन्च एच् डी डिस्प्ले, क्वालाकम स्नापड्रागन ओक्टा कोर १.४ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेर्ज, पुर्ण एल्मुनियम बडी भएको हुनेछ । यसमा पनि १३ एमपीको रियर क्यामेरा, फ्रिङ्गर प्रिन्ट स्क्यानर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा प्योर एनड्रोइड न्युगट ओ एस् ७.१.१ र ३००० एमएएच् ब्याट्री राखिएको छ ।

नोकिया ६ मा  ५.५ इन्ल एच्डी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट,ओक्टा कोर १.४ गीगाहर्ज, ३ जीवी ¥याम, ३२ जीवी इनटरनल स्टोरेज रहेको छ । यसको पूर्ण एल्मुनियम बडीले गर्दा यो निकै आकर्षक देखिन्छ । यसमा ८ एमपी फ्रन्ट क्यामेरा र १६ एमपी. रियर क्यामेराका साथ फ्रिङ्गर प्रिन्ट स्क्यानर, प्योर एण्ड्रोइड न्युगट ओ एस् ७.१.१ र ३००० एमएएच् व्याट्री जस्ता प्रभावशाली  विशेषताहरु रहेका छन्  ।
नोकिया फोन ९० को दशक देखि नै अति लोकप्रिय र चीरपरिचीत ब्रान्ड रहेको छ । ४ वर्षको अन्तराल पछि  नोकियाले पुनः आगमन घोषणा गरे लगत्तै विश्वव्यापी रुपमा नोकिया फोनको माग बढेको छ । नोकियाले चाँडै नै उच्चतम प्रविधियुक्त नोकिया ८ पनि नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्