काठमाडौं । बुधबार नेप्से परिसुचक २ दशमलब ४९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ६२ दशमलब ७४ अंकमा पुगेर बन्द भएको हो ।
बुधबार फाइनान्स,होटल,विकास बैंक र बैंकिङ समुहको परिसुचक उकालो लागेको छ । सो दिन ती समुहको परिसुचक क्रमशः ३१ दशमलब ७७,१४, १२ र १ दशमलब ५६ अंकले उकालो लागेको छ ।
यता बीमा समुह ४९ दशमलब ५२, उत्पादन ३ दशमलब ३७,जलविद्युत २ दशमलब ३६ र अन्य समुहको परिसुचक ० दशमलब ५८ अंकले ओरालो लागेको छ । बुधबार १ सय ५७ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २१ लाख कित्ता सेयरबाट १ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।