काठमाडौं । मंगलबार नेप्से परिसुचक ७ दशमलब ५६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ६० दशमलब २५ अंकमा पुगेर बन्द भएको हो ।
सोमबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो ।
सो दिन विकास बैंक समुहको परिसुचक सबैभन्दा बढी ४४ दशमलब ५९ अंकले बढेको छ । त्यस्तै उत्पादन ४३ दशमलब ५४,जलविद्युत १६ दशमलब १८, अन्य ९ दशमलब ५५,फाइनान्स ८ दशमलब ५४ र बैंकिङ समुहको परिसुचक १ दशमलब ३८ अंकले बढेको छ । यता बीम र होटल समुह क्रमशः ४१ दशमलब ६२ र ३ दशमलब २१ अंकले ओरालो लागेको छ ।
मंगलबार नेपाल ग्रामिण बैंकको सबैभन्दा बढी ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
\सो दिन १ सय ५८ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको २० लाख ९० हजार कम्पनीको १ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।