काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रेन्ज प्रविधि प्रयोग भएको छ । क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्ने कम्पनीको दाबी छ ।
त्यस्तै क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ । सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउँछ । यसमा प्राप्त भएको केवल एक रिमोट कन्ट्रोलरले घरका हरेक उपकरणहरु सञ्चालन गर्न पनि सकिन्छ ।
क्युलेड टिभि हाल क्यूए ५५क्यू७ र क्यूए६५क्यु८ गरी दुई मोडलमा उपलब्ध छन् । क्यूए ५५क्यू७ मोडलको सुरुवाती मूल्य रु ४ लाख ५० हजारर र क्यूए६५क्यु८ को मूल्य ६ लाख ५० हजार रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ ।
बुकिङ् अफरमा सुरुवाती मूल्य को साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभि क्यूए ५५क्यू७ मोडलको खरिदमा सामसङ ग्यालेक्सी एस ८ र क्यूए ५५क्यू८ को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । बुकिङ अफरसाउन १७ गतेदेखि लागू भई साउन ३१ गतेसम्म मात्र रहने छ । दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागू हुने छ ।