Logo

सामान्य उकालो लाग्यो सेयर बजार, १ अर्ब १५ करोडको कारोबार

सामान्य उकालो लाग्यो सेयर बजार, १ अर्ब १५ करोडको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबार नेप्से परिसुचक १ दशमलब ५ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १६ सय ४६ दशमलब ५३ अंकमा पुगेर बन्द भएको हो ।
बिहीबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सबैभन्दा बढी ५४ दशमलब १७ अंकले बढेको छ ।
त्यस्तै विकास बैंक २२ दशमलब ८९, होटल ६ दशमलब ६६,बैंकिङ ६ दशमलब १३ र अन्य समुहको  परिसुचक ० दशमलब ५८ अंकले उकालो लागेको छ । यता बीमा,जलविद्युत र फाइनान्स समुहको परिसुचक भने क्रमशः १६० दशमलब ५३,२१ दशमलब १४ र ० दशमलब ७३ अंकले ओरालो लागेको छ ।
बिहीबार १४९ ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १८ लाख ३९ हजार कित्ता सेयरबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्