काठमाडौं । नेपालका लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोटर्सले ग्राहक सुबिधाका लागि बाईक सर्भिस सुबिधा संचालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई छिटो र सहज रुपमा सेवा प्रदान गर्नका लागि बाईक सर्भिस सुबिधा संचालनमा ल्याएको कम्नपीले जानकारी दिएको छ ।
यो सेवा नोपलमा नै नौलो र पहिलो भएको र जसले गर्दा कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा तुरुन्त सेवादिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । दक्ष र तालिम प्राप्त सर्भिस टिम सो सेवा अन्तरगत परिचालन हुने भएकाले पनि अबका दिनमा कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडी बिग्रीएमा तुरुन्तै मर्मत गर्न सकिने छ ।