Logo

हिमालयन ओभरसीजले खोल्यो अटोमेटिक बिडेटको शोरुम

हिमालयन ओभरसीजले खोल्यो अटोमेटिक बिडेटको शोरुम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा आर्का व्यु लेट नामक स्वचालित बिडेटको शोरुम स्थापना भएको छ । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले बरबमहलमा एक कार्यक्रमबीच  ‘आर्का ब्यु लेट’ नामक स्वचालित बिडेटको विशेष शोरुमको उद्घाटन गरे ।
नेपालमा हाल विद्यमान शौचको स्वच्छता सम्वन्धी विभिन्न समस्याहरुको समाधानका लागि नेपाली बजारमा यो स्वचालित साधन ल्याइएको हो । आर्का ब्यु लेट जापानी कम्पनी “आर्का कम्पनी लिमिटेड” को उत्पादन हो । नेपालमा यसको आयात तथा विक्री वितरण वितरणकर्ता हिमालयन ओभरसीज ट्रेड्रिङले गर्नेछ  ।
राजधानीको बबरमहलस्थित हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको परिसरमा आयोजितसमारोह बिच उक्त शोरुमको उद्घाटन सम्पन्न भएको हो । उक्त समारोहमा रक्षा मन्त्रालयका सचिव, शहरी विकास मन्त्रालयका सचिव तथा उर्जा मन्त्रालयका सचिव, म्यानमार एवं फिनल्याण्डका राजदूतका साथै अस्ट्र्ेलिया का मिशन उपप्रमुखको उपस्थिति रहेको थियो ।
आर्का ब्यु लेट एक स्वचालित विडेट हो  । जसले शौचक्रिया पछि हातले सफाई गर्नुपर्ने वा ट्वाइलेट पेपर प्रयोग गर्नुपर्ने झञ्झटबाट मुक्ति दिन्छ । यसमा सीट न्यानो पार्ने, स्वचालित ड्रायर, पानी मनतातो पार्ने, गन्ध हटाउने जस्ता सुविधाहरु समावेश छन् । २२० भोल्टको बिद्युत शक्तिले चल्ने यस बिलेटमा दुई वर्षको वारेन्टी उपलव्ध छ ।
प्रायः अर्धचन्द्राकार भएका कमोडहरुमा यसलाई रेट्रोफिट गरी प्रयोगमा ल्याउन सकिन्छ । पानीलाई स्वच्छ राख्न एन्टिब्याक्टेरियल फिल्टर सहितको विडेट पनि उपलव्ध छ । सामान्य पानीको प्रयोग भएको अवस्थामा यो फिल्टरले छ महीनासम्म काम गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्