काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले इन्भर्टर प्रविधिमा आधारित एलजीका उत्पादनहरु बजारमा ल्याएको छ । उर्जा बचतमा निकै सहयोगी हुने बताइएको सो प्रविधिबाट ७० प्रतिशतसम्म उर्जाको बचत गर्न सफल हुने कम्पनीले जानकारी दिएको छ ।
एलजीले यस्ता उपकरणहरुमा १० बर्षको वारेन्टी दिएको नेपालमा एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता चौधरी समूहले जानकारी दिएको छ । कमपनीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
कार्यक्रममा चौधरी समूहका कार्यकारी निर्देशक निर्वाण चौधरीले उर्जा खपत कम गर्ने नयाँ प्रविधिका उत्पादनहरुलाई नेपाली उपभोक्तामाझ प्रतिस्पर्धी मूल्यमा ल्याइएको जानकारी दिए ।
उनले एलजी र सिजीबीचको सम्वन्ध तीन दशक पुरानो भएको र एलजीका नयाँ प्रविधिमा आधारित उत्पादनहरुले उपभोक्ताको जीवनस्तरमा परिवर्तन ल्याएको बताए ।
एलजी सिंगापुरका बिक्री तथा बजारीकरण उपाध्यक्ष चोङ रोवल पार्कले नयाँ प्रविधि र राम्रो सेवाका कारण एलजीले आफ्नो प्रतिष्ठा बनाउन सकेको बताए । साथै दक्षिणपूर्वी मुलुकमध्ये नेपाल सो प्रविधि भित्र्याउने पहिलो मुलुक बनेको जानकारी दिए ।
एलजीले पारिवारिक सन्दर्भमा इन्भर्टर प्रविधिका बारेमा धेरै ज्ञान दिलाउनु आवश्यक रहेको भन्दै यसबाट एलजीले आफ्नो व्यापार बढाउन खोजेको नभई प्रयोगकर्तालाई यस प्रविधिको फाइदाको बारेमा ज्ञान दिलाउन खोजेको बताएको छ ।
त्यसका लागि एलजीले खरिद गृह सञ्चालन, सडक कार्यक्रम, प्रदर्शनी, उर्जा संरक्षण अभियान सञ्चालन गर्न लागेको हो ।
कम्पनीले इन्भर्टर प्रविधिमा आधारित उत्पादनहरु रेफ्रिजिरेटर, वासिङ मेशिन, एयर कन्डिशनिङ, माइक्रोवेभ ओभनहरु बजारमाा उपलब्ध गराएको छ ।