सिद्धिविनायक स्नयाक्स एण्ड नुड्ल्सले काठमाडौंमा गज्जबको चाउचाउको बिक्री शुरु गरेको छ । १ महिना अघि मात्र बुटवल र पश्चिम नेपालबाट व्यवसायीक रुपमा बिक्री गर्न थालेको गज्जबले काठमाडौंमा पनि आफ्नो बिक्री शुरु गरेको हो ।
चिकेन र भेजिटेबल स्वादमा उत्पादन गरिएको सोचाउचाउको बजार मूल्य २० रुपैयाँ रहेको छ । कम्पनीले १ सय ग्रामको प्याकेटमा गज्जबको चाउचाउ बजारमा उपलब्ध गराएको हो ।
२० रुपैयाँमा १०० ग्रामको चाउचाउ बजारमा उपलब्ध गराइएको कम्पनीका अध्यक्ष उज्ज्वल कसजुले बताए । ‘हामीले पहिलो चरणमा ४० ग्राम को प्याकेट बुटवल र पश्चिम नेपालका प्रमुख बजारहरुमा बिक्रि वितरण सुरुवात सफल गरेका छौ,’ उनले भने, ‘दोश्रो चरणमा काठमाण्डौ क्षेत्रका उपभोक्तामाझ बिशेष योजना सहीत लिएर आएका छौं ।’
नेपालमा उपलब्ध तयारी चाउचाउमध्ये २० रुपैयामा १ सय ग्राम भएको गज्जबको मात्र भएको उद्योगका प्रबन्ध निर्देशक ई. अभिशेक श्रेष्ठले बताए । नँया योजना सहीत काठमाण्डौ आएको गज्जबले देशैभरबाटै बिक्री बितरण शुरु गर्ने उद्योगका ब्राण्डम्यानेजर रिचा श्रेष्ठले बताईन् ।
उद्योगले निकट भबिश्यमै उत्पादित गज्जबको चाउचाउलाई भारतमा निर्यात गर्ने लक्ष्य लिएको छ । सिद्धी बिनायक समुहको लगानी रहेको सिद्धि विनायक फूड प्रोडक्टसले रुपन्देहीको तिलोत्तमा नगरपालिका टिकुलीगढमा उद्योग स्थापना गरी बिगत ३ बर्ष देखि गज्जबको ब्राण्डमा बिस्कुट, मिस्टर हैप्पी कुकिज, र गज्ज्बको चिजबल उत्पादन गरी नेपाल भरीनै बिक्री बितरण गर्दै आएको छ ।