काठमाडौं । बजार खुलेको केही समय रुमलिएको बजार अन्तिम समयमा आएर १० अंकले बढेको छ । लामो समय घटवढ भइरहेको नेप्से परिसुचक बन्द हुने समयमा ९ दशमलव ९८ अंकले उकालो लागेको हो । बुधबार नेप्से परिसुचक १ हजार ५ सय ५१ अंकमा पुगेर अडिएको छ ।
बजारमा बैंक र बीमा समुहको परिसुचक उकालो लागेसँगै समग्र नेप्से परिसुचक बढेको हो । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक ५० अंकले उकालो लागेको छ । यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १० अंकले उकालो लागेको छ भने विकास बैक समुह पनि १४ अंकले बढ्न पुगेको छ ।
बुधबार जलविद्युत समुहको परिसुचक २० अंकले बढ्दा होटल र उत्पादनमुलक समुहको परिसुचक भने ओरालो लागेका छन् ।
बुधबार पनि कारोबार रकममा खासै सुधार आउने सकेन । दिनभर कुल ४८ करोड २९ लाख रुपैयाँ बराबरको मात्र सेयर खरिदबिक्री भएका छन् । जसमा १ सय ३८ कम्पनीको १० लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भए । उच्च कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स, सानिमा बैंक, कुमारी बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक आदि रहेका छन् ।