Logo

३ अंकले ओरालो लाग्यो नेप्से, ३७ करोड ५९ लाखको कारोबार

३ अंकले ओरालो लाग्यो नेप्से, ३७ करोड ५९ लाखको कारोबार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलबार नेप्से परिसुचक ३ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १५ सय ४१ दशमलव २८ अंकमा झरेर बन्द भएको हो ।

मंगलबार कारोबारमा आएकामध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी ३३ दशमलव ३६ अंकले घटेको छ । त्यस्तै जलविद्युत समुह १३ दशमलव ४८, विकास बैंक ४, उत्पादन ३ दशमलव २६ र बैंकिङ समुहको परिसुचक २ अंकले ओरालो लागेको छ । यता होटल १५ दशमलव ३४ र फाइनान्स समुहको परिसुचक ० दशमलव ११ अंकले उकालो लागेको छ ।

सो दिन १ सय ४२ ओटा कम्पनी कारोबारमा आएका थिए । ६ लाख ६४ हजार कित्ता सेयरबाट ३७ करोड ५९ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्