Logo

कुलप्याडको नयाँ योजना, मोबाइल खरिदमा जेबिएल हेडफोन निःशुल्क

कुलप्याडको नयाँ योजना, मोबाइल खरिदमा जेबिएल हेडफोन निःशुल्क


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कुलप्याड स्मार्टफोनले ‘कुली ग्रोभ वीथ द कुल वान’ योजना सार्बजनिक गरेको छ । योजना अन्तर्गत प्रत्येक कुलप्याड कुली मोबाइलको खरिदमा जेबिएल हेडफोन निशुल्क प्राप्त गर्न सकिन्छ ।

यो योजना नेपालअधिराज्य भरको आधिकारिक कुलप्याड काउण्टर मा मात्र लागु हुने बताएको छ । यो डेहफोन अन्य सामान्य हेडफोनभन्दा फरक भएको कम्पनीको दाबी छ ।

नेपालमा कुलप्याड स्मार्टफोनमध्ये कुली मोबाइल यो बर्षको प्रमुख मोडल भएको कम्पनीको दाबी छ । यसमा १३ मेगापिक्सलको दुईओटा रियर क्यामरा छन् । साथै डुअल टेम्पेरेचर एलइडी फ्ल्यास हो ।

डुअल रियर क्यामराबाट एचडी भिडियो रेकडिङ गर्न सकिन्छ । कर्निङ गोरिल्ला ग्लासद्धारा सुरक्षित स्व्रmीन यसमा छ । नेपालका लागी कुलप्याडको आधिकारिक विक्रेता जयमा इन्टरकन्टिनेनटल प्राली हो ।

प्रतिक्रिया दिनुहोस्