Logo

नेप्सेमा ‘भ्याट’ आतङ्क, ब्रोकरको साथ लाग्दा चिप्लीए लगानीकर्ता

नेप्सेमा ‘भ्याट’ आतङ्क, ब्रोकरको साथ लाग्दा चिप्लीए लगानीकर्ता


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । आगामी दिनमा सरकार र ब्रोकरबीच सेयर कारोबारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने सहमति भएसँगै नेप्से उच्च रुपमा ओरालो लागेको छ । आगामी दिनमा सेयर कारोबारमा भ्याट लाग्ने तर कसरी लगाउने भन्ने विषयमा अन्यौल भइरहदा त्यसको प्रत्यक्ष असर बजारमा देखिएको हो ।

सरकारले दुई ब्रोकर कम्पनीलाई आर्थिक बर्ष २०६९/७० देखिको भ्याट बक्यौता तिर्न निर्देशन दिएसँगै ब्रोकरहरुले आफु फस्ने डरले सम्पूर्ण कारोबार नै बन्द गरेर आन्दोलनमा उत्रिए । ब्रोकरले आफु भ्याट बक्यौताबाट बच्न गरेको आन्दोलनमा लगानीकर्ताको बिरोधले उनीहरुलाई फाइदा पुग्यो । जसले गर्दा सरकार र ब्रोकरबीच यस अघिको भ्याट बक्यौता मिनाहा गरी आगामी दिनमा सेयर कारोबारमा भ्याट लगाउने सहमति भयो । यस अघि भ्याट मुक्त भएको  पूँजी बजारमा अबका दिनमा भ्याटको दायरामा आउने निश्चित भएको छ ।

सरकारले अबका दिनमा ब्रोकर कमिशनमा १३ प्रतिशत भ्याट लगाउने छ । जसको दायित्व लगानीकर्तामाथी पर्न जाने छ । सरकारले यस अघि सेयर कारोबारमा पटक–पटक भ्याट लगाउन खोजिरहेको र ब्रोकरहरु पनि भ्याटमा दर्ता हुन चाहेका थिए । तर, हासम्म त्यसो प्रयास सफल हुन सेकेको थिएन । पछिल्लो पटक आएर सरकारले ब्रोकरलाई तर्साएर सेयर कारोबारमा भ्याट लगाउन सफल भएको छ भने ब्रोकरले पनि आफुले चाहेको कुरा पाउन सफल भएका छन् ।

लगानीकर्ताले पूँजी बजारमा भ्याट लगाउनबाट मुक्त गराउनुको सट्टा आफैले तिर्ने धोषणा गर्नुले पनि अबका दिनमा सरकारलाई सेयर कारोबारमा भ्याट लगाउन सहज भएको छ । यसबाट सरकार र ब्रोकर आफ्नो मिसनमा सफल भएका छन् भने लगानीकर्ता नराम्रोसँग चिप्लीन पुगेका छन् । अबका दिनमा ब्रोकरले लगानीकर्तासँग भ्यान लिने छ भने आफुले अफिसको नाममा सामान खरिद गरेर भ्याट मिलाउने छ । जसले गर्दा ब्रोकरले लगानीकर्तासँग लिएको भ्याट रकमलाई अफिस र घरायसी काममा प्रयोग गर्ने सम्भावना बढी देखिन्छ ।

हाल ब्रोकरले कमिशन बापत शुन्य दशमलव ४ देखि शुन्य दशमलव ६ प्रतिशत कमिशन लिँदै आएका छन् । भ्याट लागू भएसँगै सो कमिशनमा लगानीकर्तासँगै अतिरिक्त १३ प्रतिशत रकम जोडेर लिनेछन् । समान्यतया हेर्दा थोरै रकम देखिएपनि ठूलो रकममा कारोबार गर्दा लगानीकर्तामा यसको भार बढी नै पर्ने देखिन्छ ।

अहिलेको आन्दोलनबाट सरकारले र ब्रोकरले आफुहरुले चाहेको कुरा पाउन सफल भएको एक ठूला लगानीकर्ताले बताए । ‘सरकारले पूँजी बजारमा भ्याट लगाउन खोजिरहेको थियो भने ब्रोकर पनि यस अघि लागेको दायित्वबाट उम्कन खोजिरहेको थिए,’ ती लगानीकर्ताले भने, ‘लगानीकर्ताले पूँजी बजारलाई वित्तीय क्षेत्ररमा पारेर भ्याट मुक्त बनाउन दबाब दिनुको सट्टा ब्रोकर प्रति आक्रोश जनाउँदा आफै चिप्लीए ।’ लगानीकर्ताले पहिला सेयर बजारलाई भ्याट मुक्त गराएर कमिशन घटाउन लाग्गुपर्नेमा तर मौजुदा कमिशनमै ध्याट लगाउन सहमत हुँदा यसले दिर्घकालिन रुपमा समस्या उत्पन्न हुने ती लगानीकर्ताको भनाइ थियो । साथै लगानीकर्ता एक आपसमा मिल्न नसक्नु र ब्रोकरको सिण्डीकेटले गर्दा सरकार पूँजी बजारमा भ्याट लगाउन सफल भएको समेत उनको दाबी थियो ।

जसको प्रभाव स्वरुप आजैदेखि बजारले उधोगति समात्न थालेको छ । भ्याट लगाउने समहति पछि आज पहिलोपटक खुलेको बजार शुरु देखिनै घटिरहेको छ । कतिपय लगानीकर्तालाई भ्याट कुन कारोबारमा कसरी लाग्छ भन्ने अन्यौलले गर्दा पनि बजारमा त्यसको प्रत्यक्ष असर पर्न गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL