Logo

१ बर्षमा साढे ५१ अर्बको हकप्रद र आइपीओ, ७१ संस्थाले हकप्रद दिँदा १९ ले जारी गरे आईपीओ

१ बर्षमा साढे ५१ अर्बको हकप्रद र आइपीओ, ७१ संस्थाले हकप्रद दिँदा १९ ले जारी गरे आईपीओ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक बर्षमा साढे ५१ अर्ब रुपैयाँ बराबरको हकप्रद तथा प्राथमिक सेयर निष्काशन नभएको छ । बिभिन्न संगठित संस्थाले ५१ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर र प्राथमिक सेयर जारी गरेका नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार सो अबधिमा ७१ वटा बैंक वित्तीय संस्थाले करिब ४२ अर्ब ३० करोड ७१ लाखभन्दा बढी रकमको हकप्रद सेयर निष्काशन गरेको छ । यसैगरी १९ वटा संगठित संस्थाले ९ अर्ब २४ करोड ७६ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) तथा फरदर पब्लिक अफरिङ (एफपीओ) निष्काशनका लागि अनुमति दिइएको बोर्डले जानकारी दिएको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुले २०७४ आषाढ मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले तोकेको पूँजी बृद्धि गर्नुपर्ने व्यवस्था बमोजिम बोर्डले उक्त अवधिसम्मका लागि हकप्रद सेयर निष्काशन गर्दा सहजताका लागि रेटिङ नै नगरी हकप्रद शेयर निष्काशन दिँदै आएको छ । जसले गर्दा पनि सो अवधिमा सबैभन्दा बढी हकप्रद, आइपीओ र एफपीओ जारी भएको बोर्डले जानकरी दिएको छ ।

हाल बोर्डमा सार्वजनिक निष्काशनको लागि आँखुखोला जलविद्युत कम्पनी र गरजंग उपत्यका जलविद्युत कम्पनी लगायत केही संस्थाहरुले निवेदन दिएका छन् । तर, आँखुखोला जलविद्युत कम्पनीको रेटिङ्ग सबैभन्दा न्यून रहेको तथा नेटवर्थ अकिंत मूल्यभन्दा कम रहेकाले ढिलाई भएको जानकारी दिएका छ । साथै सोका लागि थप नीतिगत आवश्यकता भएको बताएको छ । त्यसैगरी गरजंग उपत्यका जलविद्युत कम्पनीले हाल सम्म रेटिङ्ग गराइ नसकेकोले अनुमति दिने प्रक्रिया अगाडि बढन नसकेको बोर्डले जानकारी दिएको छ अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL