काठमाडौं । राजधानीको गोगंबुस्थित बिजीमलमा जारी सामसुङ मोबाइल एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्स्पोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती पछि मलले एक्स्पो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलका अनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ ।
असार ७ गतेबाट संचालनमा आएको एक्सपोमा अवलोकनर्ताहरुको सहभागीता बढेपछि मलले नयाँ योजना सार्वजनिक गर्दै मोवाइलको खरिदमा अनिवार्य रुपमा बिएस आचर मुभिजको टिकट उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
एक्सपोमा अवलोकनकर्ताहरुको उल्लेखीय सहभागीता बढेपछि नयाँ अफरका साथै मेला अवधि बढाइएको एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।
एक्सोपमा न्यूनतम हजार रुपैयाँदेखि ९९ हजार रुपैयाँसम्मका मोबाइलहरु बिक्रीका लागि राखिएका छन् । जूनसुकै मोबाइल खरिद गरे पनि हामीले बिएसआर मुभिजको जो बिजीमलमै रहेको छ ।
एक्सपोमा बिहीबारसम्ममा २५ हजार बढीले अवलोकन गरेका छन् भने पौने दुई करोड रुपैंया बढीको कारोबार भएको छ ।
मोवाइल एक्स्पो अवधि भर ग्राहकहरुले बिजीमलका सबै फेन्सी पसलहरुबाट २५ प्रतिशत छुट पाउने छन् । त्यस्तै प्रत्येक दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँचजनाले सेल्फी स्टीक पाउने पनि एक्स्पो संयोजक तिमिल्सनाले जानकारी दिए ।