Logo

शिवमको ग्राहक सम्मान योजना, २० बोरा किन्दा १ सित्तैमा

शिवमको ग्राहक सम्मान योजना, २० बोरा किन्दा १ सित्तैमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शिवम् सिमेन्टले प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा सिमेन्ट सित्तैमा दिने भएको छ । कम्पनीले ग्राहक योजना सम्मान अन्तरगत उक्त योजना ल्याएको हो ।

ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम्ले आफुलाई अग्र स्थानमा राख्न समय–समयमा ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत्सम्मान गर्दै आएको छ । सोही योजना अन्तरगत २० मा १ अफर ल्याइएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

शिवम्ले आफ्नै खानीबाट ल्याइएको उच्च गुणस्तरको चुन ढुङ्गा प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । नेपाल गुणस्तर प्रमाण चिन्ह प्राप्त शिवम् सिमेन्ट संधै गुणस्तरप्रेमि उपभोगताको मन जित्न प्रयासरत रहने प्रतिबद्घता समेत जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्