काठमाडौ । दोश्रो चरणको स्थानीय निर्वाचनले उत्साह थपेपनि सेयर बजारमा भने त्यसको रौनक देखिएन । देशका विभिन्न प्रदेशमा निर्वाचन भइरहदा सेयर बजार १ दशमलव २८ अंकले घटेको छ । सो दिन बजार १५ सय ६३ दशमलव ८१ अंकमा झरेर बन्द भएको हो ।
बुधबार कारोबारमा आएकामध्ये जलद्यिुत बैंकिङ र अन्य समुहको परिसुचक ओरालो लागेको छ । सो दिन जलविद्युत समुह ७ दशमलव ५२, बैंकिङ ३ दशमलव ५३ र अन्य समुहको परिसुचक ३ अंकले ओरालो लागेको हो ।
यता होटल,बीमा,विकास बैंक र फाइनान्स समुहको परिसुचक भने क्रमशः २८ दशमलव १४, १० दशमलव ९१, ५ र २ अंकले उकालो लागेको छ ।
बुधबार हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा बढी ४ करोड ९१ लाखको कारोबार भएको छ ।
बुधबार १ सय ४० ओटा कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको ७ लाख ९९ हजार कित्ता सेयरबाट ४९ करोड ६८ लाखको कारोबार भएको छ।