Logo

दराज केमु मोबाइल सप्ताह असार १९ गतेदेखि, ५० प्रतिशतसम्म छुटमा मोबाइल

दराज केमु मोबाइल सप्ताह असार १९ गतेदेखि, ५० प्रतिशतसम्म छुटमा मोबाइल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । नेपाल सहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न समग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रालिले आफ्नो मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो । असार १९ देखि २३ गतेसम्म केमुडटकम डटएनपीमा मोबाइल सप्ताह आयोजना हुने भएको हो ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि दराज केमु प्रालिले मोबाइल सप्ताहका बारेमा जानकारी गराएको हो । अनलाइन मोबाइल सप्ताहमा अहिलेको बजार मुल्य भन्दा धेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ ।

त्यस्तै केमु डटकम डट एनपी बाट मोबाइल सप्ताह अवधिमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहलाई आकर्षक उपहार पनि प्रदान गरिनेछ । उक्त अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुट साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमुका प्रबन्ध निर्देशक राजिव अमात्यले जानकारी दिए ।

सन् २०१६ मा ब्ल्याक फ्राइडे नामक अनलाइन शपिंग इभेण्टको अपार सफलता पछि दराज केमुले मोबाइल सप्ताह २०१७ आयोजना गरेको हो । मोबाइल सप्ताहमा सामसुंग, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पे लगायत अन्य धेरै ब्राण्डका मोबाइलहरु सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ । यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षण्का रुपमा रहने छन् ।

यस अघि आयोजना भएको व्ल्याक फ्राइडे इभेण्टमा केमु डटकम डटएनपीमा लाखौंको संख्यामा अनलाइन भिजिट आएको प्रबन्ध निर्देशक अमात्यले बताए । साथै यसैको सफलताले आगामी दिनमा पनि अनलाइन प्लेटफर्ममा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न आफुहरु उत्साहित भएको जानकारी दिए ।

मोबाइल सप्ताह अवधिमा केमु डटकमडटएनपी भिजिट गरि आफुलाई आवश्यक पर्ने कुनै पनि मोबाइल तथा अन्य सामग्री सुपथ मूल्य खरिद गर्न सकिने छ । केमु अनलाइन स्टोरका सेवाग्राहीहरुको मायाले नै आजको सफलता प्रप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL