Logo

चन्द्रागिरि हिल्सको प्रवद्र्धनात्मक भिडियो सार्वजनिक

चन्द्रागिरि हिल्सको प्रवद्र्धनात्मक भिडियो सार्वजनिक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले व्यवसाय प्रवद्र्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठरहरिबंश आचार्यका साथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय रहेको छ । उक्त प्रवद्र्धनात्मक भिडियोको निर्देशन तथा परिकल्पना दिनेश डीसीले गरेको कम्पनीले जानकारी दिएको छ ।

विज्ञापन सामाग्री चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोहकावीच चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

प्रवद्र्धनात्मक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका ख्याती प्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए ।

कम्पनीका संचालक मिनबहादुर गुरुङले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनागर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।
सो अवसरमा संचालक हेमराज ढकालले कुलग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशत मात्र योगदान पु¥याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहितनिर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमाआफुहरुले अभिनयगर्न पाउदा खुसि लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL