Logo

सुजकीको नयाँ शोरुम र सेवा केन्द्र सञ्चालनमा, विक्री शाखा संख्या ३४ पुग्यो

सुजकीको नयाँ शोरुम र सेवा केन्द्र सञ्चालनमा, विक्री शाखा संख्या ३४ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुजुकीले बुधबार काठमाडौंको रवि भवनमा अन्तरराष्ट्रिय स्ट्याण्डर्डको शोरुम स्थापना गरेको छ । साथै ललितपुरको धोवीघाटमा स्टेट अफ आर्ट सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

शोरुम र सेवा केन्द्र दुबैको समुद्घाटन एमएसआइएलका कार्यकारी निर्देशक ईन्टरनेशनल मार्केटिङ् डिभिजन, शशांक श्रीवास्तवा र सीजी होल्डिङ्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीले गरे ।

कार्यक्रममा  सीजी होल्डिङ्सका अध्यक्ष तथा कार्यकारी निर्देशक चौधरीले आफ्ना उपभोक्तालाई सन्तुष्टि प्रदान गर्न विश्वस्तरिय विक्रि तथा सेवा केन्द्रको आवश्यकता भएको बताए । ‘विक्रि अघि र विक्रि पश्चात कुनै पनि कम्पनीले उपलब्ध गराउने ग्राहक सेवा, विक्रि पछिको सेवा लगायतले ब्राण्डको सफलताको प्रतिनिधित्व गर्छ’, उनले भने ‘कलंकीमा सञ्चालनमा ल्याइएको विश्वस्तरिय शोरुम र ललितपुर धोविघाटमा स्थित स्टेट अफ आर्ट सेवा केन्द्र यही सिद्धान्तको उपज हो ।’

नयाँ विक्रि शाखाको उद्घाटनसंगै कम्पनीले आफ्नो विक्रि शाखाको संख्या ३४ र ग्राहक सेवा केन्द्रको संख्या २६ पु¥याएको छ । उपभोक्ताका आवश्यकताको पूर्ति गर्न विभिन्न उत्पादन उपलब्ध गराउँदै आइरहेको सुजुकी कारको देशमा सर्वाधिक ठूलो विक्रि तथा सेवा सञ्जाल छ ।

प्रतिक्रिया दिनुहोस्
MBL