Logo

एक्स्प्लोर अर्थमुभर्सले ल्यायो २ नयाँ एसडिएलजि ग्रेडर, क्याविनबाट कामको अवलोकन गर्न सकिने

एक्स्प्लोर अर्थमुभर्सले ल्यायो २ नयाँ एसडिएलजि ग्रेडर, क्याविनबाट कामको अवलोकन गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एक्स्प्लोर अर्थमुभर्स प्रालीले ९१३८ र ९१९०मोडलका २ प्रकारका एसडिएलजि ग्रेडर बजारमा ल्याएको छ । यी ग्रेडरहरु प्राविधिक रुपमा उत्कृष्ट तथा कडा क्वालिटी नियन्त्रण प्रक्रिया अन्तर्गत उत्पादन गरिएका छन् ।

मोडल ९१३८ मा तीन प्रकारका ब्लेडहरु ८ फिट, १० फिट र १२ फिट साइजका रहेका छन् । ९१८० मोडल १३ फिट र १५ फिट साइजका ब्लेडहरुयुक्त छन् ।

यसैगरी यो ग्रेडरमा रिपर, स्क्यारिफायर र वातावनुकुलित क्याबिन जस्ता सुविधाहरु रहेका छन् । यो ग्रेडरमा च्यासिसको अग्रभागमा क्याबिन छ । यसले काम गरिरहेको अवस्थालाई अवलोकन गर्न सहजता प्रदान गर्दछ । साथै कार्य क्षमता र काम सम्पादन पनि अझ राम्रोसँग गर्न सकिने बताइएको छ ।

आरओपिएस र एफओपिएस मोडल ९१९० का स्तरीय विशेषताहरु हुन् । त्यस्तै यसमा पछाडीको एक्सल नचिप्लने, अलग्गै खाले एक्सलका साथ जडान गरिएका छन् ।

सानडोङ लिङगोङ मेशिनरी क.लि.(एसडिएलजि) को स्थापना सन् १९७२ मा भएको थियो । र यो निर्माण उपकरणहरु उत्पादन गर्ने चिनीयाँ कम्पनीहरु मध्येको एक अग्रणी कम्पनी हो र यसले एसडिएलजि ब्राण्डबाट बजार प्रवद्र्धन गर्दैै आएको छ । कम्पनीले आफ्नै विश्व स्तरीय निर्माण प्रविधि लिङगोङ उत्पादन प्रणालीको प्रयोग गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL