काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १ रुपैयाँ ५० पैसाको दरले घटाइएको हो । शनिबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ बनाइएको छ । हाल निगमले पेट्रोल १ सय १ रुपैयाँ ५० पैसामा बिक्री गर्दै आएको थियो ।
निगमले डिजेल र मट्टितेलेमा पनि प्रति लिटर १ रुपैयाँ ५० पैसाको दरले घटाउँदै नयाँ मूल्य ७६ रुपैयाँ कायम गरेको छ । हालसम्म डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७७ रुपैयाँ ५० पैसामा बिक्री गर्दै आएको थियो ।